PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

एनएसीको विमानबाट आउने अन्तर्राष्ट्रिय यात्रुले बारकोड सहितको प्रमाणपत्र देखाउनुपर्ने



पहिलोपोस्ट

एनएसीको विमानबाट आउने अन्तर्राष्ट्रिय यात्रुले बारकोड सहितको प्रमाणपत्र देखाउनुपर्ने
FILE PHOTO

काठमाडौं : कोभिड संक्रमण फेरि बढ्न थालेसँगै नेपाल वायुसेवा निगमले हवाई सेवाका अन्तर्राष्ट्रिय यात्रु लक्षित नयाँ निर्देशन जारी गरेको छ।

विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यबाट नेपाल आउने यात्रुलाई बार कोड सहितको प्रमाणपत्र अथवा पीसीआर नेगेटिभ आएको रिपोर्ट पेस गर्न अनिवार्य गरिएको हो।

नागरिक उड्डयन प्रधिकरणले मापदण्ड पालनाका लागि दिएको निर्देशनअनुसार निगमले पनि सूचना जारी गरेको जनाएको छ।

कोभिड १९ संक्रमण पुनः वृद्धि हुन थालेपछि अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा मापदण्ड फेरि अनिवार्य भएको हो।

हाल निगमले चारवटा ठूला जहाजमार्फत दिल्ली, मुम्बई, बैंगलोर, थाइल्याण्ड, मलेसिया, कतार, दुबई, जापान लगायतका अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell