PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

माओवादी केन्द्रसँग एकता गर्न लागेका नेसपा अध्यक्ष बाबुराम भट्टराईको जोड : समाजवादी ध्रुवीकरण



पहिलोपोस्ट

माओवादी केन्द्रसँग एकता गर्न लागेका नेसपा अध्यक्ष बाबुराम भट्टराईको जोड : समाजवादी ध्रुवीकरण

काठमाडौं : नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक समितिको बैठकमा समाजवादी ध्रुवीकरणका बारेमा प्रतिवेदन पेश गरेका छन्।

नेसपाका सह अध्यक्ष गंगानारायण श्रेष्ठले वैकल्पिक पार्टी पुनर्गठन, प्रदेश र प्रतिनिधि सभा निर्वाचनको समीक्षा, समाजवादी ध्रुवीकरणको आवश्यकता र अबको कार्योजनामा केन्द्रति रहेर भट्टराईले प्रतिवेदन पेश गरेको बताए।

बैठकले नेकपा माओवादीकेन्द्रसँग एकताका लागि निर्णय गर्ने श्रेष्ठको भनाइ छ। 'माओवादी केन्द्रसँग एकता कसरी गर्ने भन्नेबारेमा निर्णय हुन्छ,' उनले भने।

उक्त प्रतिवेदनमा विचार मिल्नेसँग एकताका लागि संवाद समिति बनाउनुपर्ने प्रस्ताव गरिएको छ। भट्टराईको प्रतिवेदनमाथि नेसपाका नेताहरुले बोल्न सुरु गरेका छन्। आजको राजनीतिक समितिको बैठक सकिएको श्रेष्ठले बताए।

राजनीतिक समितिको बैठक समाजवादी ध्रुवीकरणका विषयमा केन्द्रित छ। शनिवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेसपाका अध्यक्ष भट्टराईका बिचमा पार्टी एकता गर्ने सहमति भएको थियो। दुबै पार्टीमा एकताका लागि गृहकार्य गर्नका लागि कार्यदल मार्फत गृहकार्य गर्न लागिएको हो।

नेकपा माओवादी केन्द्रले पनि वाम एकताका लागि भन्दै संयोजन समिति बनाएको थियो।

नेसपा र माओवादी केन्द्रले संयुक्त चुनाव चिह्नमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell