PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

हरर 'फिल्म चि मुसी चि' मा छैनन् दर्शक



पहिलोपोस्ट

हरर 'फिल्म चि मुसी चि' मा छैनन् दर्शक

काठमाडौं : फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’ ले बक्सअफिसमा कमजोर ओपनिङ गरेको छ। गत शुक्रवार रिलिज भएको सो फिल्मले सोलो प्रदर्शनको मौका पाए पनि दर्शकलाई भने हलसम्म तान्न सकिरहेको छैन।

हरर थ्रिलर जनरामा निर्माण भएको यस फिल्मले मल्टिप्लेक्स हलहरुमा उत्साहजनक शो पाएको थियो। देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले ३१ शो उपलब्ध गराउँदा समेत दर्शक पाउन मुस्किल भएको छ। फिल्म नचलेसँगै अहिले हलहरुले शो समेत कटौती गरेका छन्।

पहिलो विकेन्डमा नै फिल्मको राम्रो व्यापार गर्न नसकेको बताउँछिन् क्युएफएक्सकी बजार प्रमुख तृप्ति गिरी। भन्छिन्, ‘यस फिल्ममा पनि खासै दर्शकहरु हुनुहुन्न। ‘डिसेम्बर फल्स’को जस्तै कमजोर ओपनिङ छ। बरु ‘अवतार २’ ले भने अझै केही हलहरुमा राम्रो व्यापार गरिरहेको छ।’

एएमवाई स्टुडियो प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव विष्ट लगायतका कलाकारको अभिनय छ।

फिल्मको निर्देशन मर्ण जेम्स र यश सैनीले संयुक्त रुपमा गरेका हुन्। सिनेमामा रिञ्जु केसीसँग मिलेर प्रस्तुतकर्ता अरुण चक्रावर्ती लगानी गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell