PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

सीके राउतको पार्टी र रेशम चौधरीको पार्टीबिच १२ बुँदे सम्झौता, के के विषयमा भयो सहमति?



पहिलोपोस्ट

सीके राउतको पार्टी र रेशम चौधरीको पार्टीबिच १२ बुँदे सम्झौता, के के विषयमा भयो सहमति?

काठमाडौं : सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरीको नागरिक उन्मुक्तिबिच १२ बुँदे सम्झौता भएको छ। कार्यगत एकता गरेर अघि बढ्ने दुई पार्टीबिच सहमति भएको हो। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका दुबै दलले नागरिकता, रेशम चौधरिको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक लगायतका मुद्दामा जोड दिने भएका हुन्। सहमतिमा जनमतका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेका छन्। 

के के छ सहमतिमा?

सहमतिको पहिलो बुँदामा रेशम चौधरीको रिहाइको लागि पहल गर्ने उल्लेख छ। मुलुकी फौजदारी अध्यादेश संसदबाट पारित गराइ कार्यान्वयन गर्न सरकारलाई दबाब दिने पनि उक्त सहमतिमा उल्लेख गरिएको छ। लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने, नागरिक उन्मुक्ति र जनमत पार्टीका नेता/कार्यकर्तालाई लागेका मुद्दाहरु फिर्ता गराउन सरकारलाई दबाव दिने दुई पार्टीबिच सहमति भएको छ।

नागरिकता विधेयक, संविधान संशोधन, किसान आन्दोलनका मुद्दालाई सम्बोधन गर्न पहल गर्ने पनि सहमति भएको छ।
सरकारमा जाँदा आफ्ना माग पुरा भएमात्रै जाने शर्त पनि उक्त सहमतिमा उल्लेख छ। 'संघ तथा प्रदेश सरकारमा सहभागी हुँदा माथिका बुँदाहरुलाई कार्यान्वयन गर्ने गरी एक भएरमात्रै जाने,' सहमति पत्रको बुँदा १२ मा उल्लेख छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell