PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

जितु र साम्राज्ञी अभिनित फिल्म 'ह्यारीको प्यारी' को ट्रेलर सार्वजनिक



पहिलोपोस्ट

जितु र साम्राज्ञी अभिनित फिल्म 'ह्यारीको प्यारी' को ट्रेलर सार्वजनिक

काठमाडौं : जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘ह्यारीकी प्यारी’ को ट्रेलर सार्वजनिक भएको छ। माघ २० गते प्रदर्शन हुने फिल्मको ट्रेलरमा जितु र साम्राज्ञीको केमेस्टी रोचक छ।  

गाउँले युवकका रुपमा देखिएका जितुले पैसा कमाउनको वीर्य दान गरेकोदेखि साम्राज्ञीसँगको केही सर्तको लागि बिहे गरेको ट्रेलरमा देख्न सकिन्छ।

फिल्ममा जितु र साम्राज्ञीका साथै विजय बराल, लक्ष्मी गिरी, सुभास गजुरेल, डिल्ली खनाललगायतका कलाकारहरुको अभिनय रहनेछ। ‘छक्कापञ्जा’ सिरिजपछि जितुको यो पहिलो बाहिरी फिल्म हो।

कपिल रिजालले यस फिल्ममार्फत निर्देशनमा डेब्यू गरेका छन्। रिजालले यसअघि फिल्म ‘ड्रिम्स’मा लगानी गरेका थिए।

‘ह्यारीकी प्यारी’को पर्वत र कास्कीका विभिन्न स्थानमा छायाङ्कन भएको हो। सोसल-कमेडी जनरामा निर्माण भएको  फिल्ममा नेपाली समाजको विवाह संस्कार र त्यसको सामाजिक पक्षलाई समेटिएको छ।

 

 

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell