PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

बालुवाटारमा गठबन्धनका नेताहरु छलफलमा



पहिलोपोस्ट

बालुवाटारमा गठबन्धनका नेताहरु छलफलमा

काठमाडौं : सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र जनमत पार्टीका अध्यक्ष सिके राउत बैठकमा सभागी छन्।

पुस २६ गते प्रतिनिधि सभामा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने विषयमा छलफल भइरहेका प्रचण्डको सचिवालयले जनाएको छ। सत्ता गठबन्धनको भागबण्डाको विषयमा पनि आजको बैठकमा छलफल हुदै छ। प्रदेशका मुख्यमन्त्री नियुक्तिबारे गठबन्धले बिहानैदेखि छलफल गरिरहेको छ। प्रदेश १ मा एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भएका छन् भने अरु प्रदेशमा भागबण्डा मिल्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell