PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि आयल निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य, कुनमा कति घट्यो?



पहिलोपोस्ट

प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि आयल निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य, कुनमा कति घट्यो?

काठमाडौं : नेपाल आयल निगमले हवाई इन्धनमा भारी मूल्य घटाएको छ। चर्को नाफा राखेको आलोचना भएपछि निगमले आन्तरिकतर्फ लिटरमा २० र अन्तर्राष्ट्रियतर्फ लिटरमा ३० रुपैयाँ मूल्य घटाएको छ।

निगमलाई आन्तरिकमा ५० र अन्तर्राष्ट्रियमा लिटरमा ९० रुपैयाँभन्दा बढी नाफा थियो। निगमले ठूलो नाफा राखेर कालोबजारी गरेको भन्दै उजुरी परेपछि भारी मूल्य कटौती भएको हो।

निगमका कार्यकारी निर्देशक उमेश थानीले हवाई इन्धनमा भारी मूल्य कटौती गरिएको जानकारी दिए। निगमले पेट्रोल, डिजल र मट्टितेलमा समेत लिटरमा ३/३ रुपैयाँ मूल्य घटाएको छ। प्रधानमन्त्री प्रचण्डले विहीबार पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका थिए। सोही निर्देशन अनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै गएपछि निगमको नाफा दुई अर्ब भन्दा माथि छ। तर विगतमा भएको नोक्सानी घटाउन निगमले मूल्य नघटाइ बसेको थियो। निगमले इन्डियन आयल कर्पोरेशनलाई १६ अर्ब रुपैयाँ भन्दा बढी तिर्न बाँकी छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell