PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

प्रदेश मुख्यमन्त्रीमा गठबन्धनको भागबन्डाः चार प्रदेशमा एमाले, दुईमा माओवादी केन्द्र, मधेश प्रदेशमा जसपा र जनमतको आलोपालो



पहिलोपोस्ट

प्रदेश मुख्यमन्त्रीमा गठबन्धनको भागबन्डाः चार प्रदेशमा एमाले, दुईमा माओवादी केन्द्र, मधेश प्रदेशमा जसपा र जनमतको आलोपालो

काठमाडौंः सत्ता साझेदार दलहरुले प्रदेश मुख्यमन्त्रीको भागबन्डा टुंग्याएका छन्। अन्तिम निर्वाचन परिणाम अनुसार मुख्यमन्त्री चयनको समयसीमा अन्तिमतिर पुगिरहेका बेला शीर्ष नेताबीच भागबन्डा टुंगो लागेको हो। आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकले भागबन्डा टुंगो लगाएको हो। 

केही प्रदेशमा भने सत्ता साझेदार नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच आलोपालोको सहमति भएको छ। 

सहमति अनुसार प्रदेश १ मा एमालेले पाएको छ। प्रदेश १ मा एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन्। 

प्रदेश २ मा जनता समाजवादी पार्टी र जनमत पार्टीले आलोपालो रुपमा मुख्यमन्त्री पाउने सहमति भएको छ। 

यस्तै, वाग्मतीमा पहिलो चरणमा माओवादी केन्द्रले सरकार बनाउने छ। आधा कार्यकालपछि एमालेले मुख्यमन्त्री पाउने सहमति भएको छ। माओवादी केन्द्रबाट शालीकराम जम्कट्टेल मुख्यमन्त्री हुनेछन्। 

यस्तै, गण्डकी र लुम्बिनमा एमालेले मुख्यमन्त्री पाएको छ। गण्डकीमा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बन्ने करिब निश्चित छ। कर्णालीमा माओवादी केन्द्रले सरकार बनाउने सहमति सत्तारुढ दलबीच भएको छ। सुदूरपश्चिममा एमाले र माओवादीबीच आलोपालोमा सहमति भएको छ। पहिलो चरणमा एमालेले सरकार बनाउने छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell