PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

सुदूरपश्चिममा मुख्यमन्त्री एमालेको भागमा, नागरिक उन्मुक्ति निर्णायक



पहिलोपोस्ट

सुदूरपश्चिममा मुख्यमन्त्री एमालेको भागमा, नागरिक उन्मुक्ति निर्णायक

कैलालीः सत्ता गठबन्धनका प्रमुख दलले सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाल कम्युनिस्ट पार्टी एमाले र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले आलोपालो गर्ने सहमति जुटाएका छन्। गठबन्धनको सहमति अनुसार सुदूरपश्चिमको पहिलो साढे दुई वर्षीय कार्यकालमा एमाले संसदीय दलका नेता राजेन्द्र रावलले प्रदेश मन्त्रीपरिषद्को नेतृत्व गर्नेछन्। त्यसपछि माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्टले नेतृत्व गर्ने गरी सहमति भएको माओवादी सांसद अक्कल रावलले बताए।

रावलका अनुसार सुदूरपश्चिममा पहिलो चरणमा एमालेको  मुख्यमन्त्री हुनेछ। माओवादीले दोस्रो चरणमा मुख्यमन्त्री पाउने रावलले बताए।

तर सरकार गठनमा नागरिक उन्मुक्ति पार्टी निर्णायक छ। नागरिक उन्मुक्तिले सरकारमा सहभागी नहुने बताइरहेकाले सुदूरपश्चिममा रावललाई विश्वासको मत पुग्ने अवस्था भने छैन। प्रदेशमा एमालेका १०, माओवादीका ११ सदस्य रहेका छन्। मुख्यमन्त्रीलाई विश्वासको मत पाउन २७ सदस्य आवश्यक पर्छन्। नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाको १ सदस्य यहाँ छन्। नेपाली काङ्ग्रेससँग १९ सदस्य छन् भने १ स्वतन्त्र सदस्य छन्।

सुदूरपश्चिमका मुख्यमन्त्रीमा पहिलो कार्यकाल एमाले, सभामुख माओवादी, उपसभामुख नागरिक उन्मुक्ति पार्टी र एउटा मन्त्रालय राप्रपालाई दिने बताइएको छ। यसमा नागरिक उन्मुक्तिले सहमति जनाउन बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell