PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

एट्लेटिको मड्रिडमाथि संघर्षपूर्ण जित निकालेको बार्सिलोना शीर्षस्थानमा



पहिलोपोस्ट

एट्लेटिको मड्रिडमाथि संघर्षपूर्ण जित निकालेको बार्सिलोना शीर्षस्थानमा
Photo: Reuters

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई हराएको छ। मेट्रोपोलिटानो स्टेडियममा सम्पन्न खेलमा बार्सिलोनाले १-० गोलअन्तरले जित निकालेको हो।

बार्सिलोनाको जितमा ओस्माने डेम्बेलेले निर्णायक गोल गरे। उनले खेलको २२ औं मिनेटमा गाभीको पासमा गोल गरेका थिए। खेलको इन्ज्युरी समयमा दुबै टोली १० खेलाडीमा समेटिएका थिए। बार्सिलोनाका फेरान टोरेस र एट्लेटिकोका स्टेफन सेभिचले रेडकार्ड पाए। म्यानचेस्टर सिटीका यी दुई पूर्व खेलाडीबीच तानातान चल्दा रेड कार्ड ब्यहोरेका हुन्।

जितसँगै बार्सिलोनाले शीर्षस्थानमा तीनअंकको अग्रता बनाएको छ। १६ खेलबाट ४१ अंक जोडेर बार्सिलोना शीर्षस्थानमा रहँदा दोस्रो स्थानको रियल मड्रिडले समान खेलबाट ३८ अंक जोडेको छ। एट्लेटिको मड्रिड भने २७ अंक जोडेर तालिकाको पाँचौँ स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell