PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

भारतबाट नेपाल आएको बस दुर्घटना, चार जनाको मृत्यु



पहिलोपोस्ट

भारतबाट नेपाल आएको बस दुर्घटना, चार जनाको मृत्यु

कैलाली : भारतबाट नेपाल आएको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन जना कैलालीका र एकजना भारतीय चालक रहेका छन्।

मृत्यु हुनेमा कैलालीको टीकापुर ज्योतिनगरका ४० वर्षीय ललित साउँद, व्यवसाय क्षेत्र बस्ने वर्ष ४५ का चन्द्र साउँद रहेका छन्। अन्य दुईजनाको सनाखत हुन नसकेको कैलालीका प्रहरी प्रवक्ता वेद जोशीले जानकारी दिए।

शनिवार राति १२ बजे भारतको लखनउबाट आएको सो बस नेपालतर्फ यूपी उन्नाउ भन्ने स्थानमा बस दुर्घटना भएको हो।

दुर्घटनामा करिब १५ जना घाइते भएको बताइएको छ। उनीहरूको उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell