PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

प्रहरीले छापा मार्दा कोठाभित्र भेटियो ५२ लाख, स्रोत खुलाउन नसक्दा दुई जना समातिए



पहिलोपोस्ट

प्रहरीले छापा मार्दा कोठाभित्र भेटियो ५२ लाख, स्रोत खुलाउन नसक्दा दुई जना समातिए

काठमाडौं : स्रोत नखुलेको रकमसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले स्रोत नखुलेको रकमसहित आइतवार उनीहरूलाई पक्राउ गरेको हो।

सप्तरी बोदेबरसाईन नगरपालिका वडा नम्बर ५ बरसाईन बजारस्थित कौशल किशोर यादवको घरमा कोठा भाडा लिई बस्ने मानिसहरूले हुन्डीको कारोबार गरेको सूचना आएपछि घरको कोठामा प्रहरीले छापा मारेको थियो। प्रहरीले छापा मार्दा खाटमाथि कपडाले छोपी राखेको अवस्थामा २८ लाख ८९ हजार पाँच सय रुपैयाँ फेला पारेको छ।

सोही कोठामा बस्ने ३२ वर्षीय रामबिलास साह तेलीले बोकेको कालो ब्यागमा थप पन्ध्र लाख रुपैयाँ फेला परेको प्रहरीको दाबी छ। त्यस्तै, अर्का ५० वर्षीय मायानन्द झाले बोकेको कालो झोलामा थप नौ लाख भेटिएको थियो। उनीहरुको साथबाट जम्मा ५२ लाख ८९ हजार पाँच सय रुपैयाँ फेला परेको हो।

प्रहरीले आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell