PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

प्रदेश १ मा माओवादी केन्द्र सरकारमा सहभागी नहुने, 'केन्द्रको सहमतिले प्रदेशमा पार्टीको मानमर्दन भयो'



अनन्तराज न्यौपाने

प्रदेश १ मा माओवादी केन्द्र सरकारमा सहभागी नहुने, 'केन्द्रको सहमतिले प्रदेशमा पार्टीको मानमर्दन भयो'

विराटनगर : प्रदेश नम्बर १ को सरकारमा सत्ता गठबन्धनको मुख्य साझेदार दल नेकपा माओवादी केन्द्र तत्काल सहभागी नहुने भएको छ।

माओवादीले केन्द्रमा भएको सहमतिप्रति विमति जनाउँदै तत्काल प्रदेश सरकारमा नजाने बताएको हो।

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका हिक्मतकुमार कार्कीले सोमबार अपराह्न शपथग्रहण गर्दैछन्। र, उनले तत्कालै मन्त्रिपरिषद् विस्तार गर्ने कार्यक्रम बनाएका छन्। माओवादीले भने मन्त्रिपरिषदको विस्तार र सपथग्रहणका दिनदेखि नै सत्ताको मुख्य साझेदार दल माओवादी सरकारबाट अलग बस्ने निर्णय गरेको हो।

प्रदेश १ का माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले केन्द्रको निर्णयले प्रदेश १ मा समग्र माओवादी पार्टीलाई अपमान र मानमर्दन गरेको बताएका छन्। आङ्बोले प्रदेशमा सरकारको नेतृत्वका लागि एमाले र माओवादीबिच आलोपालोको लिखित सहमति हुनुपर्ने आग्रह गरे।

‘आलोपालोको लिखित सहमति नहुन्जेल माओवादी केन्द्र सरकारमा सहभागी हुँदैन’, आङ्बोले भने, ‘केन्द्रको निर्णयबाट हामी दुःखी छौँ। त्यसैले सरकारमा गएनौँ।’

आइतबार साँझ मात्र काठमाडौँमा सत्ता गठबन्धनका शीर्ष नेताहरूले प्रदेशमा एमालेले नै ५ वर्ष मुख्यमन्त्रीको भूमिका पाउने निर्णय गरेको थियो। उक्त निर्णयप्रति प्रदेश १ को माओवादीले असहमति जनाउँदै सरकारमा नजाने बताएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell