PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

भक्तपुरको एक घरमा विस्फोट हुँदा एक जना घाइते, प्रहरीको तालिम प्राप्त कुकुरबाट अनुसन्धान हुँदै



पहिलोपोस्ट

भक्तपुरको एक घरमा विस्फोट हुँदा एक जना घाइते, प्रहरीको तालिम प्राप्त कुकुरबाट अनुसन्धान हुँदै

काठमाडौंः आज बिहान भक्तपुरमा खाना पकाउने ग्यास विस्फोट हुँदा एक जना घाइते भएका छन्।

बिहान पौने सात बजे भक्तपुर सुर्यबिनायक नगरपालिका वडा नम्बर ३ बालकोटस्थित राम प्रसाद थपलियाको घरको बाहिर तर्फ भयाङमा सटाएर बनेको भान्सा कोठामा रहेको ग्याँस सिलिण्डरब विस्फोट भएको थियो।

ग्यास लिक भएको ग्याँस जम्मा भई एक्कासि विस्फोट हुँदा भान्साको पर्खाल, लगायत पार्किङ गरी राखेको गाडीको सिसा समेतमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ। यस्तै तारा घले थपलिया घाइते भई ठिमी अस्पतालमा उपचार भइरहेको छ।

नेपाल प्रहरी र नेपाली सेनाको विस्फोट पदार्थ सम्बन्धी हेर्ने युनिट नेपाल प्रहरीको तालिम प्राप्त कुकुर ल्याई अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell