PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

नागरिक उन्मुक्ति पार्टीसँग एकता हुनसक्छ : सिके राउत



पहिलोपोस्ट

नागरिक उन्मुक्ति पार्टीसँग एकता हुनसक्छ : सिके राउत

काठमाडौं : जनमत पार्टीका अध्यक्ष सिके राउतले नागरिक उन्मुक्ति पार्टीसँग एकता हुन सक्ने बताएका छन्। प्रतिनिधिसभा बैठकमा सहभागी हुन संघीय संसद भवन पुगेका उनले दुई दलबिचको एजेन्ड समान रहेको भन्दै एकता हुन सक्ने बताएका हुन्।

'नागरिक उन्मुक्तिसँग पार्टी एकता हुन सक्छ किनभने हाम्रा एजेन्डा धेरै हदसम्म समान छन्,' उनले भने।

उनले नागरिक उन्मुक्ति पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिने नभनेको पनि बताएका छन्।

हिजो जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबिच कार्यगत एकता गर्ने सहमति भएको थियो। सहमति पत्रमा जनमत पार्टीका अध्यक्ष राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell