PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

इन्धनको मूल्यसँगै हवाई भाडा घट्यो, अब कुन गन्तब्यको भाडा कति ?



पहिलोपोस्ट

इन्धनको मूल्यसँगै हवाई भाडा घट्यो, अब कुन गन्तब्यको भाडा कति ?

काठमाडौः नेपाल आयल निगमले ‘हवाई इन्धन’को मूल्य घटाएसँगै आन्तरिक वायुसेवाको फ्युल सरचार्ज घटेको छ।वायुसेवा संचालक संघले तयार पारेको विवरण अनुसार अधिकतम आठ सय ८५ रुपैयाँले फ्युल सरचार्ज घटेको छ।

जस अन्तर्गत काठमाडौं-धनगढी तर्फ लागू हुँदै आएको फ्युल सरचार्ज आठ सय ८५ रुपैयाँले घटेर अधिकतम भाडादर १६ हजार एक सय ४० रुपैयाँ निर्धारण गरिएको छ।

कुन-कुन गन्तब्यको भाडादर कति ?

निगमले हवाई इन्धनमा भारी मूल्य घटाएको छ। चर्को नाफा राखेको आलोचना भएपछि निगमले आइतबार आन्तरिकतर्फको हवाई इन्धनमा २० रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फ ३० रुपैयाँले मूल्य घटाएको हो।

यस अघि निगमलाई आन्तरिकमा ५० र अन्तर्राष्ट्रियमा लिटरमा ९० रुपैयाँ भन्दा बढी नाफा गर्दै आएको थियो। निगमले ठूलो नाफा राखेर कालोबजारी गरेको भन्दै उजुरी परेपछि भारी मूल्य कटौती भएको हो।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै गएपछि निगमको नाफा दुई अर्ब भन्दा माथि छ। तर विगतमा भएको नोक्सानी घटाउन निगमले मूल्य नघटाइ बसेको थियो। निगमले इन्डियन आयल कर्पोरेशनलाई १८ अर्ब रुपैयाँ भन्दा बढी तिर्न बाँकी छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell