PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

१४ सिट जितेको राप्रपाले ४ मन्त्रालय पाउनु सामान्य कुरा होइन : ज्ञानेन्द्र शाही



पहिलोपोस्ट

१४ सिट जितेको राप्रपाले ४ मन्त्रालय पाउनु सामान्य कुरा होइन : ज्ञानेन्द्र शाही

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सरकारमा भागबन्डासँगै अन्य एजेन्डामा छलफल भइरहेको बताएका छन्।

आज प्रतिनिधिसभाको बैठकमा सहभागी हुन संघीय संसद भवन पुगेका उनले भने, 'पृथ्वी जयन्तीमा बिदा दिनु र भ्रष्टाचारका फाइल खोल्ने एजेण्डा हाम्रा अघि बढेका छन्,' हामी स्टेप बाइ स्टेप अघि बढछौं।'

राप्रपाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन पृथ्वी जयन्तीमा विदा दिनुपर्ने माग राख्दै आएको छ। शाहीले भने राप्रपा प्रवेश गर्नुअघि देखि नै भ्रष्टाचरविरुद्धको अभियानको नेतृत्व गर्दै आएका थिए।

शाहीले प्रतिनिधिसभामा १४ सिट जितेको राप्रपाले ४ मन्त्रालयसहित भागबण्डा पाउनु सामान्य कुरा नभएको पनि बताएका छन्। राप्रपाले प्रचण्ड सरकारलाई समर्थन गरे पनि सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा अहिलेसम्म निर्णय गर्न सकेको छैन। प्रचण्डले भोलि विश्वासको मत लिँदैछन्। राप्रपाले विश्वासको मतसँगै सरकारबारे पनि निर्णय लिने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell