PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

नयाँ सांसदमा नयाँ आवेग र केही गरि छाड्ने हुटहुटी छ, यो संसदको अर्जुनदृष्टि हुनेछ : प्रचण्ड  



पहिलोपोस्ट

नयाँ सांसदमा नयाँ आवेग र केही गरि छाड्ने हुटहुटी छ, यो संसदको अर्जुनदृष्टि हुनेछ : प्रचण्ड  

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसद हजारौं शहिदको त्यागमा निर्माण भएको बताएका छन्। मंसिर ४ को निर्वाचनपछि बसेको पहिलो प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले संसदमा देखिएको विविधताले नेपालीहरुबिचको एकता देखाएको भन्दै भने,

'त्यो नै हाम्रो शक्ति हो। सम्मान बिना कृतिम एकताबारे कुरा गरे हामी विभाजनतिर लाग्नेछौं। हामी निरन्तर जनताको निगरानीमा छौं,' उनले भने।

प्रचण्डले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको राजनीतिक दृष्टिकोण फरक भए पनि प्रतिबद्धता साझा भएको समेत बताएका छन्।

यसपटक प्रतिनिधिसभामा नयाँ दलहरु प्रवेश भएको उल्लेख गर्दै उनले नयाँ सांसदहरुको कामले संसदलाई चलायमान बनाउन सहयोग पुग्ने आशय व्यक्त गरेका छन्।

'नयाँ अनुहारको प्रवेश भएको छ। तपाईंहरुमा नयाँ आवेग र केही गरी छाड्ने हुटहुटी छ त्यो हुटहुटी रचनात्मक हुनेछ यो संसदको अर्जुनदृष्टि हुनेछ,' प्रचण्डले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell