काठमाडौं: फिल्म ‘जय हो’ मा कलाकार अर्पण थापा अनुबन्धित भएका छन्। सोमबार निर्माण कम्पनी सलोन सलिना फिल्म्स र थापबिच लिखित सम्झौता भएको हो। शोभित बस्नेतले थापा फिल्ममा फाइनल भएको फेसबुकमार्फत जानकारी दिएका हुन।
टेक पौरखीको निर्देशन रहने फिल्ममा सलोन बस्नेत यसअघि नै मुख्य भूमिकामा देखिने पक्का भइसकेको छ। सुरेश न्यौपानेको कथा रहेको फिल्ममा मुख्य अभिनेत्रीको भने टुंगो लाग्न सकेको छैन।
शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मलाई माघ अन्तिम सातादेखि काठमाडौं, पोखरा, मुस्ताङ र अस्ट्रेलियामा छायाङ्कन गरिनेछ। एक्सन लभस्टोरी फिल्ममा राज के अधिकारी र सुरज सरकारले लगानी रहेको छ।