PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

दुईपटक प्रतिनिधि सभा विघटन गरेका ओलीले देउवालाई सम्झाउँदै भने : त्यो प्रतिगमन थिएन



पहिलोपोस्ट

दुईपटक प्रतिनिधि सभा विघटन गरेका ओलीले देउवालाई सम्झाउँदै भने : त्यो प्रतिगमन थिएन

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले गरेको प्रतिनिधि सभा विघटन प्रतिगमन नभएको तर्क गरेका छन्। प्रतिनिधि सभा २०७९ को पहिलो अधिवेशनलाई सम्बोधन गर्दै ओलीले आफूले गरेको विघटनको बचाउ गरेका हुन्।

‘एकताका नेपालमा हल्ला चलाइयो। प्रतिनिधिसभा विघटन प्रतिगमन भनेर, बेलायतमा धेरै भयो विघटन। त्यो प्रतिगमन होइन। जनताको अभिमतका लागि जनता कहाँ जानु प्रतिगमन होइन,’ ओलीले भने।

अघिल्लो प्रतिनिधि सभा दुई पटक विघटन गरेपछि ‌ओली सत्ताच्युत भएका थिए। त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतले परमादेशमार्फत प्रधानमन्त्री नियुक्त गरेका थिए। देउवाले संसदमा सम्बोधनको क्रममा आफूले प्रतिनिधि सभाको पूर्ण कार्यकाल जोगाएको उल्लेख गरेपछि ओलीले यो प्रसंग उल्लेख गरेका हुन्।

ओलीले अन्य ठाउँबाट सरका बनाउने काम बरु षड्यन्त्र भएको दाबी गरे। ‘अन्यत्रबाट भयो भने षड्यन्त्र हो। कुन ठाउँबाट सरकार बनाउने सरकारमा जाँदे नजाऔं,’ ओलीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell