PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

पहिलोपटक संसदको रोस्टममा रवि, अनियमितता र भ्रष्टाचारविरुद्ध निर्मम हुने भन्दै भने : कसैलाई छुटाइदेउ भन्दै नआउनु



पहिलोपोस्ट

पहिलोपटक संसदको रोस्टममा रवि, अनियमितता र भ्रष्टाचारविरुद्ध निर्मम हुने भन्दै भने : कसैलाई छुटाइदेउ भन्दै नआउनु

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आफू र आफ्नो दलका सांसदहरुले कुनै पनि अनियमितता तथा भष्ट्रचार नगर्ने वाचा गरेका छन्।

आज पहिलोपटक प्रतिनिधिसभाको रोस्टमबाट बोल्दै उनले छातिमा हात राखेर आफ्नो कार्यकालमा आफू र आफ्ना दलका सांसदले कुनै अनियमितता, भ्रष्टचार र काण्डहरुमा संलग्न नहुने बताएका हुन्। काम गर्दा कुनै वाचामा चुकेको खण्डमा पद र कुर्सीमा टाँसिएर नबस्ने र निर्मम कारबाहीका लागि समेत तयार रहेको उनले बताए।

'काम गर्न चुकेको खण्डबाट जनताबाट निर्मम कारवाही भोग्न तयार छौं। निर्वाचनको समयमा जनतालाई दिएको आश्वासन समेत पुरा गर्छौं,' उनले बताए। 

लामिछानेले सरकारमा टाँसिएर आफूहरु नबस्ने भन्दै भ्रष्टचारविरुद्धको अभियानमा साथ दिन गठबन्धनका सारथी दलहरुलाई अनुरोधसमेत गरेका छन्। 

'आफ्ना मान्छे भन्दै कुनै गलत काम गरेको खण्डमा छुटाइदिन भन्दै नआउनु होला,' रविले भने। 

उनले जनताको जनजीविकालाई सहजिकरण गर्न न्युनतम साझा कार्यक्रमबाट सरकार अघि बढ्ने  बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell