PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

क्रिप्टोकरेन्सी देखि अनलाइन जुवा खेलाइने वेबसाइट र एपलाई नेपालमा प्रतिबन्ध गर्न निर्देशन



पहिलोपोस्ट

क्रिप्टोकरेन्सी देखि अनलाइन जुवा खेलाइने वेबसाइट र एपलाई नेपालमा प्रतिबन्ध गर्न निर्देशन

काठमाडौः नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा वेबसाइट र एपबाट खेलाइने अनलाइन जुवा, विटक्वाइन, हाइपर नेटवर्किङ लगायतालाई प्रतिबन्ध गर्न निर्देशन दिएको छ। प्राधिकरणले सूचना जारी गर्दै इन्टरनेट (इमेल सहित) सेवा प्रदायक संस्थाहरूलाई प्रतिबन्ध गर्न निर्देशन दिएको हो।

'अनलाइन प्रविधि मार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैर कानुनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट, अनलाइन सञ्जाल लगायतका भर्चुअल माध्यमहरू नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी र त्यस्तो वेबसाइट, एप वा अनलाइन सञ्जालमा पहुँच पुग्न नसक्ने व्यवस्था गर्न सबै इन्टरनेट (इमेल सहित) सेवा प्रदायक संस्थाहरूलाई नेपाल दूरसञ्चार प्राधिकरणबाट निर्देशन जारी गरिएको छ|'

साथै प्राधिकरणबाट जारी गरिएको निर्देशनको पालना नगरेको पाइएमा ऐन बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ। पछिल्लो समय देशभित्र अनलाइन जुवा देखि क्रिप्टोकरेन्सी बढेर गएको प्रहरीको तथ्याङ्कले देखाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell