PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

वाग्मती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जम्मकट्टेल नियुक्त, एकीकृत समाजवादीको पनि समर्थन



पहिलोपोस्ट

वाग्मती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जम्मकट्टेल नियुक्त, एकीकृत समाजवादीको पनि समर्थन

हेटौंडा : नेकपा माओवादी केन्द्र वाग्मती प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेल वाग्मती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।

७० सांसदको समर्थनसहित दाबी पेस गरेलगत्तै प्रदेश प्रमुख यादवचन्द्र शर्माले जम्मकट्टेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

गठबन्धनका घटक दलहरू नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सहित नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीको समर्थनमा जम्मकट्टेलले मुख्यमन्त्रीमा दावी पेस गरेका थिए।

११० सदस्यीय वाग्मती प्रदेशमा मुख्यमन्त्रीमा नियुक्त हुनको लागि ५६ सांसदको समर्थन आवश्यक हुनेमा उनलाई ७० सांसदको समर्थन प्राप्त भएको हो।

उनलाई  एमालेको २७, माओवादीको २१ ,राप्रपाको १३, एकीकृत समाजवादी ७ र हाम्रो नेपाली पार्टीको २ सांसदको समर्थन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell