PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

प्रचण्डलाई माधव नेपालको प्रश्न : भोलि त विश्वासको मत लिनु छ, कार्यकाल कति दिन भन्ने कुरा आउला



पहिलोपोस्ट

प्रचण्डलाई माधव नेपालको प्रश्न : भोलि त विश्वासको मत लिनु छ, कार्यकाल कति दिन भन्ने कुरा आउला

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत पाउने वा नपाउने भन्नेबारे प्रश्न गरेका छन्।

प्रतिनिधि सभालाई सोमवार सम्बोधन गर्दै नेपालले कार्यकाल कति दिन भन्ने कुरा आउनेसमेत बताए। ‘अब प्रश्न उठ्छ भोलि त विश्वासको मत लिनु छ। यो कार्यकाल कति दिन भन्ने आउला,’ नेपालले भने, ‘तपाईहरुको तपाईहरुको बहुमत पुगिसकेको छ। यो देशमा सबैले राजनीतिक स्थायित्वको अपेक्षा गरेका छन्।’

नेपालले प्रचण्ड नमुना काम गर्ने प्रतिबद्धता गर्दै अघि बढेकोले बोली र व्यवहारमा समानता आउनुपर्नेसमेत बताए। ‘प्रचण्डजीलाई बधाई। उहाँले नमुना काम गर्ने देखिने गरी काम देखाउने भनेर प्रतिबद्धता जनाउनुभएको छ। परिवर्तनको अनुभूति पाउने गरी अगाडि बढोस्। बोली र व्यवहारमा समञ्जस्यता आओस्,’ नेपालले भने।

नेपालले मिटरब्याजको समस्यालाई सरकारले सम्बोधन गर्न र उखु किसानको समस्यालाईसमेत सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको सुझाव दिए। उनले राष्ट्रिय परिचयपत्र वितरण गर्न नसक्नु दुखद भएकोसमेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell