PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कार्तिक आर्यन अब निर्माता पनि



पहिलोपोस्ट

कार्तिक आर्यन अब निर्माता पनि

बलिउड अभिनेता कार्तिक आर्यन अब फिल्मका निर्माता बनेका छन्। उनले आफ्नै मुख्य भूमिका रहेको फिल्म ‘शेहजादा’ बाट निर्मातामा डेब्यू गर्न लागेका हुन।

योजनाबद्ध नभई अप्रत्याशित रुपमा कार्तिक फिल्मको निर्माता बन्न पुगेको बताइएको छ। फिल्म ‘शेहजादा’ ले आर्थिक संकटको सामना गरिरहेको बेला कार्तिकले फिल्म अलपत्र नपरोस् भनेर लगानी गरेको बलिउड हंगामामा उल्लेख गरिएको छ।

‘शेहजादाले आर्थिक संकटको सामना गर्नुपरेको थियो र त्यसबेला कसैले कदम नचालेको भए आयोजना अलपत्र हुन्थ्यो। परियोजना बचाउन कार्तिकले आफ्नो पारिश्रमिक त्याग्न प्रस्ताव गरे। त्यतिबेला अन्य निर्माताहरूले उनलाई निर्माताको रूपमा बोर्डमा राख्ने प्रस्ताव गरे,’ कार्तिकले भनेका छन्।

उनी अभिनित पछिल्लो फिल्म ‘भुलभुलैया २’ बक्सअफिसमा हिट भएको थियो।

रोहित धवन निर्देशित शेहजादा फिल्ममा कार्तिकका साथै कृति सेनन र मनिषा कोइरालाको पनि मुख्य भूमिका रहेको छ। जुन फिल्म आगामी १० फेब्रुअरीमा रिलिज हुनेछ।

फिल्म ‘शेहजादा’ अल्लु अर्जुन, पूजा हेगडे स्टारर फिल्म ‘अला बैकुण्ठपुरमलो’ को हिन्दी रिमेक हो। कमेडी एक्सन जनरामा बनेको फिल्मले दुई बच्चा जन्मदै साटिएको र धनी परिवारको शिशु गरिब परिबारमा साटिदाँ ल्याउने उतारचढावको कथालाई समेटिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell