PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

मधेश प्रदेश : जसपा संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन



पहिलोपोस्ट

मधेश प्रदेश : जसपा संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा)को मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन भएका छन्।

दलको नेताका लागि यादव र मुख्यमन्त्री लालबाबु राउतले उम्मेदवारी दर्ता गराइसकेका थिए। जसपा संसदीय दलको नेता चयन गर्नका निर्वाचन तालिकासमेत सार्वजनिक गरिएको थियो। तर, अन्तिमसमयमा निर्वाचन नगरी यादव दलको नेतामा सर्वसम्मत चयन भएका हुन्।

दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका मुख्यमन्त्री राउतले अन्तिम समयमा यादवको नाममा सहमति जनाएपछि उनी दलको नेतामा चयन भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell