
पोखरा : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त भएका छन्। एमालेको २२, माओवादी केन्द्रको ८, राप्रपाको २ र स्वतन्त्र सांसद दिपक मनाङेको समर्थन सहित मुख्यमन्त्रीको दाबी पेश गरेका खगराजलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेका हुन्।
कास्की क्षेत्र १ को क बाट चुनाव जितेका खगराजले प्रदेश प्रमुखले दिएको अन्तिम समयमा दुई दलको समर्थन सहित दाबी पेश गरेका हुन्।
६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादी केन्द्रका ८ राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङ गरी ३३ जना सांसदको समर्थनमा खगराजले मुख्यमन्त्रीको दाबी पेश गरेका हुन्। सांसद मनाङे केही समयअघिमात्र एकीकृत समाजवादीमा प्रवेश गरेका थिए।