PahiloPost

May 4, 2025 | २१ बैशाख २०८२

प्रचण्डलाई चित्रबहादुर केसीको प्रश्न : गठबन्धनको इमानजमान हुन्न, रोस्टममा मीठाचिप्ला कुरा कति गर्ने?



पहिलोपोस्ट

प्रचण्डलाई चित्रबहादुर केसीको प्रश्न : गठबन्धनको इमानजमान हुन्न, रोस्टममा मीठाचिप्ला कुरा कति गर्ने?

काठमाडौं :  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ताका लागि कसैमा इमानजमान नदेखिएको बताएका छन्। सोमवार प्रतिनिधि सभालाई सम्बोधन गर्दै केसीले गठबन्धनमासमेत इमानजमान नदेखिएको आरोप लगाए।

‘पानी खाएर छलफल भएको हो। १० गते गठबन्धन त भत्क्यो। के गर्नु? गठबन्धनको इमानजमान हुन्न? जुनसुकै मुल्य चुकाएर सत्तामा जाने,’ केसीले भने।

केसीले संसदको रोस्टममा उभिएर धेरैले चिप्लामीठा कुरा गर्ने तर व्यवहारमा नउतारेको उल्लेख गरे। ‘यो रोस्टमबाट भ्रष्टचार गर्नुपर्छ भनेर कसैले भनेको छैन, अनियमितता गर्नुपर्छ भनेर कसैले भनेको छैन,’ केसीले भने, ‘म यसपाली गरी चारपटक आएको छु। जसले जति मीठा चिप्ला बोले। यो सदाबहार कुरा हो। यो जनताले सुनिरहेको कुरा हो।‘

यसअघि नेताहरुले नेपाललाई स्विटजरल्यान्ड बनाउँछु भनेर दाबी गरे पनि मन्त्री र सांसद उत्पादक गर्ने कारखानामात्र भएको दाबी गरे।

‘नेपाललाई स्विटजरल्यान्ड बनाउँछु भनेर धेरैले पानी पिएर भनेका थिए। छ त त्यस्तो?’ केसीको प्रश्न थियो, ‘कारखाना मन्त्रीहरुको खोल्यो। देशमा मन्त्रीको संख्या बढी भयो भने सांसदको संख्या बढी भयो भने देशको आर्थिक अवस्था बलियो हुन्छ? कुन चाहि प्रधानमन्त्रीले भ्रष्टाचार बढाउनुपर्छ भनेको छ?’

अहिलेको राजनीतिले संघीयतासमेत नजोगिने केसीको दाबी रह्यो। ‘अहिले पनि राजनीतिक पार्टी नेताहरु प्रति जनताको आस्था छैन। हामीले यस्तै पाराले देश जोगाउन सक्दैनौ। संघीयता त जोगाउनै सक्दैनौ,’ केसीले ठोकुवा गरे, ‘संसदीय व्यवस्थाप्रति निराश छन् जनता।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell