PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

'पैसा कहाँ छ' भन्दै प्रभु साहले भने : नेपाली जनताले नेपालमा भविष्य देख्न छाडे



पहिलोपोस्ट

'पैसा कहाँ छ' भन्दै प्रभु साहले भने : नेपाली जनताले नेपालमा भविष्य देख्न छाडे

काठमाडौं : स्वतन्त्र सांसद प्रभु साहले नेपाल अहिले गम्भीर आर्थिक संकटमा रहेको बताएका छन्। नेकपा माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेका शाह मंसिर ४ गते सम्पन्न निर्वाचनमा एमाले छाडेर स्वतन्त्रबाट लडेका थिए।

आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले आर्थिक संकटदेखि निर्वाचनमा भएको अनियमितताबारेमा प्रश्न उठाए।

'निर्वाचन जसरी सम्पन्न भयो। त्यससँग जोडिएर आएका प्रश्नहरुको जवाफ दिनुपर्छ। नत्र निष्पक्षताबारे प्रश्न उठ्न सक्छ,' उनले भने, 'धाँधली भएका कुराले निष्पक्षतामाथि प्रश्न उठ्न सक्छ। मेरो क्षेत्रमा पनि धाँधली भयो। मतदातालाई बुथमा नै जान दिइएन। एजेन्टहरुलाई कुटेर पठाइयो। उम्मेवदार जान पाएनन्। को दोषी थिए?'

उनले निर्वाचनमा भएका धाँधली छानबिन गर्न मागसमेत गरेका छन्।

उनले नेपालमा नेपालीले भविष्य देख्न छाडेको भन्दै भने, 'नयाँ अनुहारबाट नयाँ आशा छ। पुराना पार्टीलाई नयाँ ढंगबाट जान प्रेरित गरेको छ। जुन समस्याबाट पैसाको हाहाकार, ऋणका कारण आत्महत्या गर्दैछन्। कहाँ गयो पैसा? अर्थतन्त्र संकटमा छ। यो सबैको समाधान गर्नुपर्छ। नेपाली जनताले नेपालमा भविष्य देख्न छोड्यो। नयाँ अनुहारबाट नयाँ नेपाल सम्भव छ?'

उनले बलियो नेतृत्व र स्थयित्वबाट मात्रै नेपालको विकास सम्भव हुने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell