PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

नयाँ फिचर थप्दै ट्वीटर : शब्द सीमा नहुने, 'स्वाइप' पनि गर्न मिल्ने



पहिलोपोस्ट

नयाँ फिचर थप्दै ट्वीटर : शब्द सीमा नहुने, 'स्वाइप' पनि गर्न मिल्ने

इलन मस्कले ट्विटर प्लाटफर्ममा तीन नयाँ फिचरहरू थप्ने भएका छन्। मस्कले ट्वीटमार्फत छिट्टै धेरै शब्दको ट्वीट गर्न मिल्ने र बुकमार्क बटन फिचर समावेश गर्ने जानकारी दिएका हुन्।

यस बाहेक उनले आफ्नो प्लाटफर्ममा टिन्डर जस्तै स्वाइप फिचर समावेश गर्ने पनि बताएका छन्। ट्वीटरले यसै हप्ताको अन्त्यमा  नै टिन्डर स्वाइप फिचरलाई आफ्नै प्लाटफर्ममा ल्याउनेछ।

स्वाइपको विकल्प रोल आउट भएसंगै यस माइक्रोब्लगिङ प्लाटफर्ममा सिफारिस गरिएका र फलो गरिएका ट्वीटहरू ब्राउज गर्नका लागि प्रयोगकर्ताहरूलाई दायाँ वा बायाँ स्वाइप गर्न मिल्नेछ। धेरै शब्दको ट्वीट गर्न मिल्ने फिचर भने फेब्रुअरीको सुरुमा लञ्च हुनेछ।

स्वाइप फिचर धेरै ठूलो यूजर इन्टरफेसको पहिलो भाग रहेको मस्कले ट्वीटमार्फत सूचित गरे।

धेरै शब्दको ट्वीट गर्न मिल्ने फिचरले प्लाटफर्ममा प्रयोगकर्ताहरूको लागि कुनै पनि ट्वीट गर्नको लागि २८० अक्षरहरुको वर्तमान शब्द सीमा हुनेछैन। योसँगै  प्रयोगकर्ताहरूले लामो पोस्ट गर्न सक्ने भएका छन्। 

यस फिचरले शब्द सीमा कुनै चिन्ता नगरी वा ट्विटको थ्रेड नबनाई आफ्नो दृष्टिकोण सहजै व्यक्त गर्न सक्ने बनाउनेछ।

ट्विटरले प्लाटफर्ममा स्प्याम र बोट अकाउन्टहरू नियन्त्रण गर्न ब्लू-टिक सदस्यता सेवा रोल आउट गर्ने योजना घोषणा गरेपछि यी फिचरहरूको बारेमा पहिलो पटक गत वर्ष नै संकेत दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell