PahiloPost

Jun 7, 2025 | २५ जेठ २०८२

पाँच वर्षमा न्युनतम ज्याला २५ हजार पुर्‍याउने, सरकारको न्यूनमत साझा कार्यक्रममा समेटिए यी क्षेत्र



पहिलोपोस्ट

पाँच वर्षमा न्युनतम ज्याला २५ हजार पुर्‍याउने, सरकारको न्यूनमत साझा कार्यक्रममा समेटिए यी क्षेत्र

काठमाडौं : सरकारले पाँच वर्षमा न्यनुतम ज्याल २५ हजार पुर्‍याउने भएको छ। सोमवार न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्दै उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले श्रमको सम्मान गर्ने नीति यो सरकारले अबलम्बन गर्ने बताएका हुन्।

७ दल सम्मिलित गठबन्धनले सरकारको काम प्रभावकारी बनाउने भन्दै न्यूनतम साझा कार्यक्रम तयार गरेको हो।

'मजदुर किसान र श्रमजीवीलाई समृद्धीको केन्द्रमा राख्ने,' पौडेलले भने।
गृभावस्थादेखि वद्धाअवस्था सम्म राज्यको प्रत्याभूत गराउने पनि पौडेलले बताएका छन्। साथै, वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने पनि न्यनुतम साझा कार्यक्रममा उल्लेख छ।

२१ बुँदे साझा कार्यक्रममा एकीकृत यातायात गुरुयोजना तयार गर्ने, भूमि व्यवस्थापन, भूमिको डिजिटल म्यापिङ गर्ने पनि उल्लेख छ। सार्वजनिक र सरकारी जग्गाको अतिक्रमण हटाउने पनि गठबन्धन सरकारले आफ्नो कार्यक्रममा समावेश गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell