PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

देउवा भेट्न धुम्बराही जाँदै प्रधानमन्त्री प्रचण्ड



पहिलोपोस्ट

देउवा भेट्न धुम्बराही जाँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धुम्बराही जाँदैछन्। कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न प्रचण्ड धुम्बहारी आइपुग्ने कार्यक्रम तय भएको देउवाको सचिवालयले जनाएको छ।

भोलि प्रचण्डले संसदमा विश्वासको मत लिँदैछन्। विश्वासको मत लिनु अघि प्रचण्डले आफ्नो पक्षमा मत हाल्न कांग्रेस सभापति देउवालाई अनुरोध गर्ने बताइएको छ। कांग्रेसले विश्वासको मत पक्षमा दिने कि नदिने भन्ने बारे निर्णय लिन भोलि बिहान ९ बजे संसदीय दलको बैठक डाकेको छ। प्रचण्डले भने सिङ्गै संसदले विश्वासको मत आफूलाई दिने दाबी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell