PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

विश्वासका मत माग्न धुम्बराही पुगेका प्रचण्डलाई देउवाको जवाफः साथीहरुसँग छलफल गरेर निर्णय गर्छु



पहिलोपोस्ट

विश्वासका मत माग्न धुम्बराही पुगेका प्रचण्डलाई देउवाको जवाफः साथीहरुसँग छलफल गरेर निर्णय गर्छु

काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग विश्वासको मत मागेका छन्। गठबन्धन छाडेर एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड धुम्बराहीस्थित देउवा निवास पुगेर विश्वासको मत मागेका हुन्।

प्रचण्डले भोलि प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन्। विश्वासको मत लिनुअघि प्रचण्ड देउवालाई भेट्न पुगेका हुन्।

साँझ साढे ७ बजे भएको भेटमा देउवाले साथीहरुसँग छलफल गरी आफू अघि बढ्ने जवाफ दिएको कांग्रेसले जनाएको छ। 'सहयोग गर्नुपरो भनेर प्रधानमन्त्री आउनुभएको हो। एकछिन छलफल भयो। सभापतिज्युले साथीहरुसँग छलफल गरेर निर्णय गर्छु भन्नुभएको छ,' कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले भने।

कांग्रेसले विश्वासको मत दिने नदिने भन्नेबारे भोलि बिहान ९ बजे पार्टीको संसदीय दलको बैठक डाकेको छ। बैठकअघि पदाधिकारी बैठक बस्ने तय भएकोसमेत महतले जनाए। 'संसदीय दलको बैठकअघि पदाधिकारी साथीहरुसँग छलफल गर्ने कुरा छ,' प्रवक्ता महतले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell