PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

नक्कली नोटसहित चितवनमा एक महिला पक्राउ



रासस

नक्कली नोटसहित चितवनमा एक महिला पक्राउ
फाइल फोटो।

चितवन : नक्कली नोटसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नम्बर १ बस्ने ४२ वर्षीया गङ्गा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

उनको कोठाबाट एक हजार दरका एक सय ३७ थान खोटा मुद्रा (नक्कली नोट) बरामद गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए। तामाङलाई मुद्रासम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell