PahiloPost

May 16, 2025 | ३ जेठ २०८२

गृहमन्त्रीको निर्देशनपछि मिटरब्याजीविरुद्ध ‘एक्सन’मा उत्रियो महोत्तरी प्रशासन



रासस

गृहमन्त्रीको निर्देशनपछि मिटरब्याजीविरुद्ध ‘एक्सन’मा उत्रियो महोत्तरी प्रशासन
फाइल फोटो।

जलेश्वर : गृहमन्त्रीको निर्देशनपश्चात जिल्ला प्रशासन कार्यालय महोत्तरीले मिटरब्याजीमाथि धमाधम कारबाही प्रक्रिया अगाडि बढाएको छ।

कार्यालयमा हालसम्म दुई सय ३४ मिटरब्याजीसम्बन्धी उजुरी परेको र प्राप्त उजुरीउपरको कारबाही प्रक्रिया द्रुतगतिका साथ अगाडि बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए।

उनले मिटरब्याजसम्बन्धी प्राप्त उजुरीसँग सम्बन्धित व्यक्तिलाई त्यस कार्यालयबाट पत्राचार गर्ने, बोलाउने तथा छलफल गराउने तथा छानबिन प्रक्रियाजस्ता काम-कारबाही अगाडि बढाइएको उनले जानकारी दिए।

उनले कार्यालयबाट ४९ जनालाई पत्राचार गरिसकिएको र चारवटा मुद्दामा सहमति भएको बताए। त्यस्तै, प्राप्त उजुरीमध्ये ३६ मुद्दा प्रक्रियामा अदालतमा गइसकेको र पाँच उजुरीको मुद्दा अदालतमा चलिरहेको अवस्थामा रहेको उनले बताए। बाँकी उजुरीउपर कार्यालयले दुवै पक्ष विपक्षलाई बोलाएर धमाधम काम अगाडि बढाइरहेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell