PahiloPost

Dec 21, 2024 | ६ पुष २०८१

प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय



पहिलोपोस्ट

प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय
फाइल फोटो।

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले वर्तमान सरकारलाई विश्वासको मत दिने भएको छ। आज बसेको सचिवालय बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो।

पार्टी अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बैठक बसेको थियो। बैठकमा सरकारलाई समर्थन गर्ने वा नगर्ने तथा सरकारमा सहभागितालगायत विषयमा छलफल भएको थियो।

केही दिन अगाडि बसेको पार्टीको पोलिटब्यूरो बैठकले सत्तापक्षीय सबै दलको समन्वयमा निर्माण भएको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएपछि त्यसका अध्ययनका आधारमा सरकारलाई समर्थन गर्ने विषयमा टुङ्गो लगाउने निर्णय गरेको थियो। सरकारको न्यूनतम साझा कार्यक्रम सोमवार सार्वजनिक भएको थियो।

सचिवालय बैठकपछि आजै पार्टीको संसदीय दलको बैठक बोलाइएको छ। उक्त बैठकमा सचिवालय बैठकको निर्णयानुसार दलका नेतालाई निर्देशन दिने तथा ह्वीप जारी गरिने बताइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ। एकीकृत समाजवादीको सङ्घीय प्रतिनिधिसभामा १० सदस्य छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell