PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

वाग्मती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलसहित दुई मन्त्रीले लिए शपथ



पहिलोपोस्ट

वाग्मती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलसहित दुई मन्त्रीले लिए शपथ

हेटौंडा : वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलवार पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट मुख्यमन्त्री जम्कट्टेलले शपथग्रहण गरेका हुन्।

प्रदेश प्रमुख शर्माको निवासमा मुख्यमन्त्री जम्कट्टेलसँगै अन्य दुई मन्त्रीले शपथग्रहण गरेका छन्। मुख्यमन्त्री जम्कट्टेलसँगै पद तथा गोपनीयताको शपथ लिने मन्त्रीहरूमा नेकपा (एमाले)का जगन्नाथ थपलिया र राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्वव थापा छन्। थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रालय र थापाले बिना विभागीय मन्त्रालयको शपथ लिएका हुन्।

प्रदेश प्रमुख कार्यालयमा सोमवार दिउँसो मुख्यमन्त्री पदमा दाबी पेस गरेका जम्कट्टेल मुख्यमन्त्री पदमा नियुक्त भएका थिए। ११० सदस्यीय प्रदेशसभामा नवनियुक्त मुख्यमन्त्री जमरकट्टेल एमालेको २७, नेकपा (माओवादी केन्द्र)को २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ जना गरी ७० सांसदको समर्थन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell