PahiloPost

Jun 7, 2025 | २५ जेठ २०८२

गृहमन्त्रालयले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने सूचना गर्‍यो प्रकाशित



पहिलोपोस्ट

गृहमन्त्रालयले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने सूचना गर्‍यो प्रकाशित

काठमाडौं : गृहमन्त्रालयले बुधवार पृथ्वी जयन्तीको अवसरमा सरकारले दिन लागेको सार्वजनिक बिदाको सूचना प्रकाशित गरेको छ।

मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। गृहमन्त्रालयले बैठकमा बिदाको लागि प्रस्ताव लगेको थियो।

विसं २०६२/६३ को जनआन्दोलन र गणतन्त्र स्थापनापछि सरकारले यो बिदा कटौती गरेको थियो। सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारको समर्थन गर्नुअघि पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनु पर्ने सर्त नै राखेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell