PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

प्रचण्डलाई विश्वासको मत दिने मुडमा कांग्रेस, सभामुख र राष्ट्रपतिमा ‘बार्गेनिङ’ गर्ने!



पहिलोपोस्ट

प्रचण्डलाई विश्वासको मत दिने मुडमा कांग्रेस, सभामुख र राष्ट्रपतिमा ‘बार्गेनिङ’ गर्ने!
फाइल फोटो।

काठमाडौं : नेपाली कांग्रेसले वर्तमान सरकारलाई विश्वासको मत दिने तयारी गरेको छ। सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित अस्थायी निवासमा मंगलवार बसेको पदाधिकारी बैठकले नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिनेबारे छलफल गरेको हो।

कांग्रेसले राष्ट्रपति र सभामुखको लागि बार्गेनिङ गर्नेसमेत बताइएको छ। बैठकमा सरकारलाई विश्वासको मत दिएपछि प्रतिपक्षमा बस्न मिल्ने/नमिल्नेबारे पनि छलफल चलिरहेको छ।

‘पदाधिकारी बैठक सकिएको छैन। भित्र यही कुरा छ। अन्तिम निर्णय संसदीय दलको बैठकपछि हुनेछ,’ एक पदाधिकारीले बताए।

प्रधानमन्त्री प्रचण्डले आज बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ। कांग्रेसको सङ्घीय प्रतिनिधिसभामा ८९ सदस्य छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell