PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

सर्‍यो प्रतिनिधिसभाको बैठक, दिउँसो १ बजे बस्ने



पहिलोपोस्ट

सर्‍यो प्रतिनिधिसभाको बैठक, दिउँसो १ बजे बस्ने

काठमाडौं : मंगलवार बोलाइएको प्रतिनिधिसभाको बैठक सरेको छ। मंगलवार बिहान ११ बजेको लागि बोलाइएको बैठक दिउँसो १ बजे बस्ने गरी सरेको संसद् सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ। प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने या नदिने भन्ने निर्णय गर्न दलहरु छलफलमा रहेका छन्।

नेकपा (एकीकृत समाजवादी)ले वर्तमान सरकारलाई विश्वासको मत दिने भएको छ। आज बसेको सचिवालय बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो।

त्यस्तै, नेपाली कांग्रेसले पनि यसबारे निर्णय गर्न बैठक बसिरहेको छ। सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित अस्थायी निवासमा मंगलवार बसेको पदाधिकारी बैठकमा सरकारलाई विश्वासको मत दिनेबारे छलफल गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell