PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

प्रचण्डलाई विश्वासको मत दिने कि नदिने? संसदीय दलको बैठक अघि कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक



पहिलोपोस्ट

प्रचण्डलाई विश्वासको मत दिने कि नदिने? संसदीय दलको बैठक अघि कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदैछन्। प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेसले निर्णय गरिसकेको छैन।

विश्वासको मत दिने कि नदिने विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। सो बैठकपछि संसदीय दलको बैठक बस्ने र विश्वासको मत दिने नदिने बारे टुंगो लाग्नेछ।

आजै पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमाबसेको पदाधिकारी बैठकमा पनि नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने नदिने बारेमा छलफल भएको थियो।

कांग्रेस प्रचण्डलाई विश्वासको मत दिने नदिने भन्ने विषयमा एकमत हुन सकेको छैन। संस्थापन पक्ष प्रचण्डलाई मत दिने पक्षमा छ। तर, इतर समूह भने प्रचण्डलाई मत नदिने पक्षमा देखिएको छ। हिजो प्रचण्डले धुम्बराही पुगेर कांग्रेस सभापति शेरबहादुर देउवासँग विश्वासको मत दिन अपील गरेका थिए। देउवाले 'साथीहरुसँग कुरा गरेर निर्णय' लिने बताएका थिए।

आजको प्रतिनिधिसभा बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो। तर दलहरुबिच छलफल जारी रहेकोले बैठक दिउँसो १ बजेका लागि सारिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell