PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

ललितपुरमा १२ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक युवक समातिए



पहिलोपोस्ट

ललितपुरमा १२ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक युवक समातिए

काठमाडौं : ललितपुरमा १२ वर्षीय बालिकालाई करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरको गाईघाट नगरपालिका-७ घर भई हाल ललितपुर महानगरपालिका-२८ हरिसिद्वी बस्ने २८ वर्षीय सुरेन्द्र बहादुर राईलाई सोमवार बिहान प्रहरीले पक्राउ गरेको हो।

युवकले ती बालिकालाई गत शुक्रवार आफ्नै कोठामा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell