PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्ने, चाँडै औपचारिक निर्णय हुने



पहिलोपोस्ट

घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्ने, चाँडै औपचारिक निर्णय हुने

काठमाडौं : घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन्। नेकपा एमाले परित्याग गरेर प्रतिनिधि सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर चुनाव लडेका भुसाल रुपन्देही-१ बाट पराजित भएका थिए।

भुसाल निकट स्रोतका अनुसार अबको एक दुई दिनमै औपचारिक घोषणा गरेर भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका हुन्।

'पार्टी नेतृत्वले वाम एकतालाई असफल बनायो विचार, एजेण्डा र कार्यदिशाका आधारमा कसरी एकता गर्न सकिन्छ भनेर उहाँले आफ्ना धारणा राख्दै आउनु भएको थियो। एकीकृत समाजवादीको वार्ता कमिटीले उहाँलाई प्रस्ताव गरिसकेपछि पत्र पठाउनुभएको थियो। अब औपचारिक निर्णय गरेर अगाडी बढ्ने भन्ने भएको छ,' उनले भने। 

एकीकृत समाजवादीले वाम एकताका लागि भन्दै महासचिव वेदुराम भुसालको संयोजकत्वमा एकता संयोजन समिति बनाएको थियो। उक्त समितिले साना ठुला वाम पार्टीहरुसँग एकताका लागि पहल गर्ने सचिवालयको बैठकले निर्णय गरेको थियो।

एमालेले प्रतिनिधि सभा निर्वाचनमा भुसाललाई टिकट नदिएपछि भुसालले पार्टी नै परित्याग गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell