PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

सुरु भयो कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक, लगत्तै बस्नेछ संसदीय दलको बैठक



पहिलोपोस्ट

सुरु भयो कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक, लगत्तै बस्नेछ संसदीय दलको बैठक

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ। संघीय संसद भवनमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने नदिने भन्नेबारेमा छलफल हुनेछ।

प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेसले निर्णय गरिसकेको छैन। कार्यसम्पादन समितिको बैठकपछि संसदीय दलको बैठक बस्ने र विश्वासको मत दिने नदिने बारे टुंगो लाग्नेछ।

आजै पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमाबसेको पदाधिकारी बैठकमा पनि नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने नदिने बारेमा छलफल भएको थियो।

कांग्रेस प्रचण्डलाई विश्वासको मत दिने नदिने भन्ने विषयमा एकमत हुन सकेको छैन। हिजो प्रचण्डले धुम्बराही पुगेर कांग्रेस सभापति शेरबहादुर देउवासँग विश्वासको मत दिन अपील गरेका थिए। देउवाले 'साथीहरुसँग कुरा गरेर निर्णय' लिने बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell