PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

बलिउड फिल्म 'पठान' को ट्रेलर सार्वजनिक



पहिलोपोस्ट

बलिउड फिल्म 'पठान' को ट्रेलर सार्वजनिक

विवादले घेरिएको बहुप्रतिक्षित बलिउड फिल्म ‘पठान’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण कम्पनी यश राज फिल्म्सको युट्युब च्यानलमार्फत सार्वजनिक ट्रेलर एक्सन र थ्रिलरले भरिपूर्ण छ।

ट्रेलरमा शाहरुख खान र जोन अब्राहमबिचको टकराव र एक्सन दृश्यहरु रोचक देखिन्छन्। फिल्ममा शाहरुख खुफिया एजेन्सीको एजेन्टको भूमिकामा देखिनेछन्। साथै, दीपिका पादुकोणको एक्सन अवतार पनि ट्रेलरमा देख्न सकिन्छ।

केही समयअघि फिल्मको गीत ‘बेशर्म रंग’ रिलिजसँगै यो फिल्म विवादित बन्न पुग्यो। गीतको भिडियोमा दीपिकाले ‘भगवा’ रंगको बिकिनी लगाएर हिन्दूहरूको भावनामा चोट पुर्‍याएको र गीतको भिडियोले अश्लीलता फैलाएको भनि भारतमा हंगामा भएको थियो। बहिष्कारको ट्रेन्डबिच पनि यस फिल्मले संकटमा रहेको बलिउड उद्योगलाई पुरानै लयमा फर्काउने आशा गरिएको छ।

सिद्धार्थ अन्नद निर्देशित यस फिल्ममा शाहरूख, जोन र दीपिकाका साथै डिम्पल कपाडिया, आशुतोष राणा र सलमान खानको अभिनय रहेको छ। यो फिल्म सन् २०२३ जनवरी २५ मा हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell