PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

चितवनको भरतपुरमा एक दम्पती मृत फेला



पहिलोपोस्ट

चितवनको भरतपुरमा एक दम्पती मृत फेला

काठमाडौं : चितवनको भरतपुरमा एक दम्पती मृत फेला परेका छन्। मंगलवार बिहान भरतपुर महानगरपालिका-२९ लमजुङ्गे टोल भन्ने स्थानमा श्रीमान-श्रीमती दुवै जना मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।

२२ वर्षीय प्रेम राना मगर आफ्नै घरको कोठामा मृत फेला परेका हुन्। उनी कोठाको बलोमा डोरीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै, उनकी श्रीमती २१ वर्षीय शान्ति भन्ने बुद्धिमाया राना मगर घर बाहिर आँगनमा रहेको अगेनाको छेउमा मृत अवस्थामा भेटिएकी हुन्। उनको शरीरमा चोट देखिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell