PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

वाग्मतीका मुख्यमन्त्री जम्कट्टेलको पहिलो निर्णय : मन्त्रालयको संख्या निर्धारण गर्न कार्यदल गठन



पहिलोपोस्ट

वाग्मतीका मुख्यमन्त्री जम्कट्टेलको पहिलो निर्णय : मन्त्रालयको संख्या निर्धारण गर्न कार्यदल गठन

हेटौंडा : वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदभार ग्रहण गरेसँगै मन्त्राालयको संख्या घटाउने निर्णय गरेका छन्। उनले वाग्मती प्रदेशमा मन्त्रालयको संख्या निर्धारण गर्न कार्यदल गठन गर्ने पहिलो निर्णय गरेका छन्।

१५ दिनभित्र कार्यदलले प्रतिवेदन पेश गर्ने र जसका आधारमा मन्त्रालय संख्या टुंगोमा पुर्‍याउने मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए। पाँच सदस्य कार्यदल वाग्मती प्रदेशका प्रमुख सचिव मुकुन्द प्रसाद निरौलाको संयोजकत्वमा गठन भएको छ।

कार्यदलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, कानुन सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका प्रशासन महाशाखा प्रमुखलगायत पाँच सदस्य रहेका छन्।

वाग्मतीमा निवर्तमान मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको कार्यकालमा आठबाट मन्त्रालय संख्या १४ पुर्‍याइएको थियो।

त्यसैगरी, मुख्यमन्त्री जम्कट्टेलले संघीय सरकारसँग याेजना माग गर्ने सम्बन्धमा अर्को निर्णय समेत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell