PahiloPost

Jan 21, 2026 | ८ माघ २०८२

'२ नम्बरी' हिट भएसँगै निर्देशक लामाको हातमा फिल्मको लर्को !



पहिलोपोस्ट

'२ नम्बरी' हिट भएसँगै निर्देशक लामाको हातमा फिल्मको लर्को !

काठमाडौं : फिल्म ‘२ नम्बरी’ हिट भएसँगै निर्देशक दिपेन्द्र लामा यतिखेर निकै व्यस्त छन्। केही दिनअघि दीपेन्द्रकै लेखन र निर्देशनमा ‘नांगो गाउँ’ बन्ने घोषणा भएको थियो। सो फिल्ममा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा देखिँदैछन्।

‘नांगो गाउँ’ घोषणा लगतै दिपेन्द्रले अर्को नयाँ फिल्ममा काम गर्ने पक्का भएको छ। नयाँ फिल्मका लागि निर्माता हरि मल्ल ठकुरी र निर्देशक लामाबिच मंगलवार लिखित सम्झौता भएको छ।

नयाँ फिल्ममा सहकार्य गर्नेबारे निर्देशक लामाले फेसबुकमार्फत जानकारी दिएका हुन्। ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टरको प्रस्तुतिमा निर्माण हुने फिल्मको नाम भने तय भएको छैन।

जिएम ठकुरी र समीर घले सहनिर्माता रहने फिल्मको छायांकन भने फिल्म 'नांगो गाउँ' पछि हुने समेत बताइएको छ।

लामाले यसअघि ‘घामपानी’, ‘गोपी’, ‘छ माया छपक्कै’ र ‘२ नम्बरी’ जस्ता फिल्म निर्देशन गरिसकेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell