PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

प्रचण्डलाई प्रधानमन्त्रीमा कांग्रेसको समर्थन, एमाले र रास्वपा ‘ब्याक’ हुने डर



पहिलोपोस्ट

प्रचण्डलाई प्रधानमन्त्रीमा कांग्रेसको समर्थन, एमाले र रास्वपा ‘ब्याक’ हुने डर

काठमाडौं : अन्तत: नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ। आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो।

८९ सांसद भएको कांग्रेस यसअघि प्रतिपक्षमा बस्ने अनुमान धेरैले गरेका थिए। पाँच दलीय गठबन्धनबाट निस्केर एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डलाई अब एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले के गर्ला? भन्ने डर रहेको माओवादीका नेताहरु बताउँछन्।

‘कांग्रेसले माओवादीलाई साथ दिएपछि प्रचण्ड बलियो हुनुभएको छ। राष्ट्रिय सहमतिको सरकार बन्ने भयो,’ माओवादीका एक नेताले भने। उसो त माओवादीलाई अहिले सत्तामा रहेको एमाले र रास्वपाले विश्वासको मत नदिनसक्ने ती नेताको भनाई थियो।

‘एमालेले विश्वासको मत नदिनसक्ने सम्भावना पनि बढेको छ। के हुन्छ हेरौं,’ माओवादीका ती नेताले भने।

कांग्रेसले पनि प्रचण्डलाई समर्थन गर्दै एमालेबाट शंकाको लाभ लिन चाहिरहेको छ। प्रतिनिधि सभा विघटन गरेर पटकपटक आफूले प्रतिगामी कदम नचालेको दाबी गर्दै आएका एमाले अध्यक्ष केपी ओलीलाई साइजमा ल्याउन कांग्रेसले यस्तो कदम चालेको बताइन्छ।

एमाले अहिले विष्णु पौडेलको नेतृत्वमा सरकारमा सहभागी छ। एमाले सरकारबाट बाहिरिए रास्वपा पनि सरकारबाट बाहिरिन सक्ने सम्भावना रहेको बताइएको छ। यद्यपि एमालेले के गर्छ? निर्णय आइसकेको छैन।

कांग्रेसले प्रधानमन्त्री नदिएपछि प्रचण्डले एमाले, रास्वापा, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी र ३ जना स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री बनेका थिए।

सरकारबाट एमाले बाहिरिएपछि कांग्रेसले राष्ट्रपति वा सभामुख तत्काल पाउने बुझिएको छ। यसअघि राष्ट्रपति एमालेले पाउने सहमति भएको थियो।

२७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मतका लागि १३८ मत चाहिन्छ। प्रचण्ड सरकारलाई ७ दलका १६६ र ३ जना स्वतन्त्र गरी १६९ जनाको समर्थन थियो। अहिले कांग्रेसले समर्थन गरेको खण्डमा

अहिले प्रतिनिधि सभामा कांग्रेसको ८९, एमालेको ७८, माओवादी केन्द्रको ३२, रास्वपाको २०, राप्रपाको १४, जनता समाजवादीको १२, एकीकृत समाजवादीको १०, जनमतको ६,  लोसपाको ४, नागरिक उन्मुक्तिको ४, जनमोर्चा र नेमकिपाको १-१ र स्वतन्त्र ४ सांसद छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell