PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णयमा प्रदीप पौडेलको पनि असहमति



पहिलोपोस्ट

प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णयमा प्रदीप पौडेलको पनि असहमति

काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कार्यसम्पादन समितिको निर्णयमा प्रदीप पौडेलले पनि असहमति जनाएका छन्। उनले संसदीय दलको बैठकमा उक्त निर्णयविरुद्ध असहमति जनाएका हुन्।

'मत दिइसकेपछि 'राजनीतिक र नैतिक रुपमा' प्रतिपक्षमा बस्न मिल्दैन। कानुनी जटिलताहरु छन् भनेर मैले असहमति जनाएको हुँ,' पौडेलले भने।

कार्यसम्पादन समितिले प्रतिपक्षमा बस्नेगरि विश्वासको मत दिने निर्णय गरेको थियो। त्यही निर्णयबारे संसदीय दलको बैठकमा छलफल भएको थियो।

कार्यसम्पादन समिती बैठकमा महामन्त्रीद्वय गगन थापा विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्यद्वय बलबहादुर केसी र अर्जुननरसिंह केसीले असहमति दर्ज गराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell